भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय « Khabarhub

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका आफूहरूका मागका बारेमा सरकारलाई जानकारी गराउने र आन्दोलन पनि सँगसँगै अघि बढाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

भदौ लाग्ने बित्तिकै विस्तारित कार्यसमितिको बैठक बस्ने र त्यसअघि शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष मागहरू सूचीकृत गरी ध्यानाकर्षण पत्र बुझाइने उनले जानकारी दिए । 

उनले शिक्षक तथा कर्मचारीहरूका दुख–मर्का र पीडाहरू बढेकाले सहभागिता झन् बढ्ने भन्दै आन्दोलन क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै काठमाडौँसम्म आइपुग्दा यसअघिको भन्दा अझ ठूलो र सशक्त हुने उल्लेख गरे । 

  
महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको जनाएको छ । 

साथै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु