भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय « Khabarhub

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका आफूहरूका मागका बारेमा सरकारलाई जानकारी गराउने र आन्दोलन पनि सँगसँगै अघि बढाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

भदौ लाग्ने बित्तिकै विस्तारित कार्यसमितिको बैठक बस्ने र त्यसअघि शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष मागहरू सूचीकृत गरी ध्यानाकर्षण पत्र बुझाइने उनले जानकारी दिए । 

उनले शिक्षक तथा कर्मचारीहरूका दुख–मर्का र पीडाहरू बढेकाले सहभागिता झन् बढ्ने भन्दै आन्दोलन क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै काठमाडौँसम्म आइपुग्दा यसअघिको भन्दा अझ ठूलो र सशक्त हुने उल्लेख गरे । 

  
महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको जनाएको छ । 

साथै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३६ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा