म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा « Khabarhub

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ ।  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगार ऐन २०६४ लाई समय सापेक्ष संशोधन लगायतका १५ बुँदे माग अघि सार्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो । 

श्रमिकको पारदर्शी लागत तथा व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण गरिनुपर्ने, श्रमिकको सेवा शुल्क १० हजार पर्याप्त नभएकाले अन्तर्राष्ट्रिय प्रचलन, प्रतिस्पर्धी मुलुकहरू र नेपालकै आन्तरिक रोजगारी व्यवस्था अनुसार श्रमिकले पाउने १ महिनाको तलब बराबरको सेवा शुल्क तोकिनुपर्ने संघका अध्यक्ष डिक बहादुर खत्रीले बताए ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले बुझाउँदै आएको १३ प्रतिशत भ्याट राज्यले छुट दिनुपर्ने, नेपालको जनसङ्ख्यालाई आधार मानेर हाललाई नयाँ म्यानपावर इजाजत पत्र दिन बन्द गर्ने र प्रत्येक ५ वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने आफूहरूको माग रहेको उनले जानकारी दिए । 

आफूहरूको मागहरू सम्बोधन र नीतिगत सुधारका लागि दबाब दिन वर्तमान समयलाई ’शून्य समय’ मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने र सुधार पश्चात् मात्र पुनः व्यवसायमा फर्कने प्रतिबद्धता संघले गरेको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ३८ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला