काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा « Khabarhub

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई कारबाही गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरमा ७८६ चालक कारबाहीमा परेका छन् । 

त्यसैगरी तीव्र गतिमा सवारी चलाउने १४३, रेड लाइट उल्लङ्घन गर्ने ६८, सिसीटिभीमार्फत ८५, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५, लेन अनुशासन उल्लङ्घन गर्ने ४१, अवस्था ठिक नभएका सवारी ३०, वान–वे उल्लङ्घन गर्ने २२ तथा हर्नको दुरुपयोग गर्ने ४१ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा बढ्दो सवारी चापकाबीच ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि दैनिक निगरानी तथा कारबाहीलाई तीव्र पारिएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक बत्तीको पालना गर्न, लेन अनुशासन कायम गर्न तथा सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ । 

साथै, नियम उल्लङ्घन नगरी जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न सबै चालकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : ५४ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा