सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो « Khabarhub

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा एकैपटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन् ।

उनले सिलिन्डर ट्र्याकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो र विक्रेता विवरण मन्त्रालयको वेबसाइटमा राख्न थालिएको जानकारी दिइन्।

ग्यास आपूर्तिका लागि भारत सरकारसँग ३ महिनाको आयात कोटा ४९,५०० मेट्रिक टनबाट बढाएर ६०,००० मेट्रिक टन पुर्‍याउन सहजीकरणका लागि परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गरिएको उनले बताइन् । 

यसका साथै उनले कालबजारी रोक्न निरन्तर अनुगमनको काम पनि भइरहेको उल्लेख गरिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री गर्न थालिएको बताइन्।

गौरी कुमारीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई ग्यास वितरणमा प्राथमिकता दिइएको पनि बताइन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ५ : २८ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको