सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो « Khabarhub

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा एकैपटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन् ।

उनले सिलिन्डर ट्र्याकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो र विक्रेता विवरण मन्त्रालयको वेबसाइटमा राख्न थालिएको जानकारी दिइन्।

ग्यास आपूर्तिका लागि भारत सरकारसँग ३ महिनाको आयात कोटा ४९,५०० मेट्रिक टनबाट बढाएर ६०,००० मेट्रिक टन पुर्‍याउन सहजीकरणका लागि परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गरिएको उनले बताइन् । 

यसका साथै उनले कालबजारी रोक्न निरन्तर अनुगमनको काम पनि भइरहेको उल्लेख गरिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री गर्न थालिएको बताइन्।

गौरी कुमारीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई ग्यास वितरणमा प्राथमिकता दिइएको पनि बताइन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ५ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु