गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू) « Khabarhub

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेश सरकारले घर बनाइदिने भएको छ ।

मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार यससम्बन्धी सहमति भएको  छ ।

मृतकका बुवा रामबृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र अगुवाहरूको उपस्थितिमा यससम्बन्धी लिखित सहमतिसमेत गरिएको छ । 

घटनालगत्तै गणेशको परिवारलाई भेटेपछि मन्त्री सिंहले अवस्था कमजोर रहेको र घर बनाएर सरकारको उपस्थिति देखाउनुपर्ने प्रस्ताव प्रदेश सरकारको बैठकमा राखेका थिए ।

परिवारले जग्गा उपलब्ध गराउने बित्तिकै निर्माण कार्य प्रारम्भ हुने मन्त्री सिंहले बताए ।

प्रदेश सरकारले यसका लागि बजेट पनि विनियोजन गरिसकेको छ । मृतक गणेशका बुवा रामवृक्ष यादवका लागि रंगरोगनसहित दुई कोठे भवन, किचेन र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवले बताए । उनकाअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : १२ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको