सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु « Khabarhub

 सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एकजना युवाको उपचारका क्रममा मृत्यु भएको छ । 

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको लुप्र एएए ६१५७ नम्बरको स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए । 

उनका अनुसार वीरेन्द्रनगर-९ सुर्खेतका २७ वर्षीय रोशन घिसिङले रत्नराज राजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका-४ सुर्खेतस्थित हर्रेमा भन्ने स्थानमा पुग्दा जिसी एक्कासि बेहोस भएका जानकारी प्रहरीलाई दिएका थिए । 

सूचना प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच जनाको टोली पुगेर बेहोस अवस्थामा रहेका जिसीसहित चालक घिसिङलाई उपचारका लागि एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । 

बेहोस अवस्थामा रहेका जिसीको उपचारका क्रममा मृत्यु भएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले उनको शव अस्पतालको शवगृहमा राखिएको बताए ।
 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु