सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु « Khabarhub

 सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एकजना युवाको उपचारका क्रममा मृत्यु भएको छ । 

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको लुप्र एएए ६१५७ नम्बरको स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए । 

उनका अनुसार वीरेन्द्रनगर-९ सुर्खेतका २७ वर्षीय रोशन घिसिङले रत्नराज राजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका-४ सुर्खेतस्थित हर्रेमा भन्ने स्थानमा पुग्दा जिसी एक्कासि बेहोस भएका जानकारी प्रहरीलाई दिएका थिए । 

सूचना प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच जनाको टोली पुगेर बेहोस अवस्थामा रहेका जिसीसहित चालक घिसिङलाई उपचारका लागि एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । 

बेहोस अवस्थामा रहेका जिसीको उपचारका क्रममा मृत्यु भएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले उनको शव अस्पतालको शवगृहमा राखिएको बताए ।
 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : ५१ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा