इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र « Khabarhub

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण आठ वटा विमानस्थलको उडान ठप्प हुँदा करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन् ।

अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि खरानीको बादल वायुमण्डलमा फैलिएपछि अधिकारीले राजधानी जाकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ विमानस्थलका उडान स्थगित गरेका हुन् । यातायात मन्त्रालयका अनुसार कम्तीमा १,५५८ उडानहरू प्रभावित भएका छन् ।

शुक्रबार रातिदेखि सुरु भएको ज्वालामुखी विस्फोटका कारण लगातार भूकम्पीय कम्पन, लाभा र भीषण आवाज आएको थियो। आइतबार बिहान पुनः दुई पटक ठूला विस्फोट भएपछि उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल बन्द गरिएका हुन् । उडान स्थगनका कारण सिंगापुर, दोहा, सिड्नी र कुआलालम्पुर लगायतका अन्तर्राष्ट्रिय गन्तव्यका यात्रु बढी प्रभावित भएका छन् ।

इन्डोनेसियाका यातायात मन्त्री दुदी पुर्वागान्धीले एयरलाइन्सहरूलाई रद्द भएका उडानको रिफन्ड प्रक्रिया छिटो गर्न र यात्रुलाई समयमै सूचना दिन निर्देशन दिएका छन् । मौसम विज्ञान एजेन्सीका अनुसार ज्वालामुखीको खरानी ५० हजार फिट उचाइसम्म पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका बासिन्दालाई घरभित्रै रहन र मास्क प्रयोग गर्न आग्रह गरेको छ । बाक्लो खरानीका कारण आँखा र सास फेर्न समस्या भएपछि धेरै स्थानमा विद्यालयहरू बन्द गरिएका छन् भने माछा मार्ने कामसमेत प्रभावित भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ९ : १५ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी