भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’ « Khabarhub

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

‘करुणालाई कार्यमा बदल्ने बेला आएको छ’


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका मानिसको उद्धार कार्य थप जटिल र चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीको नेतृत्व गरिरहेका ६२ वर्षीय अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सका अनुसार अहिले नेपालमा एकसाथ धेरै स्थानमा उद्धार कार्य चलाउनुपर्ने दुर्लभ र असाधारण परिस्थितिको सामना गर्नुपरेको छ।

सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना श्रमिकलाई जीवितै उद्धार गरेर विश्वभर चर्चा कमाएका प्रोफेसर डिक्सले नेपालको यो घटनालाई आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भनेका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै सिल्क्यारा टनेल दुर्घटनाको स्मरण गरेका छन्।

“सिल्क्यारामा ४१ जनाको ज्यान जोगाउनु असम्भवजस्तै देखिने काम थियो, तर हामीले त्यो परीक्षा पार गर्‍यौँ,” प्रोफेसर डिक्सले भनेका छन्, “जीवनमा एउटा परीक्षा पार गर्दैमा परीक्षाहरू सकिँदैनन्, कहिलेकाहीँ त्यसले अझ ठूलो जिम्मेवारीको सङ्केत गर्छ। आज नेपालमा हामी त्यस्तै ठूलो परीक्षाको सामना गरिरहेका छौँ।”

पश्चिमी परम्पराको कर्तव्य र पूर्वीय दर्शनको ‘धर्म’ लाई जोड्दै उनले सफलता वा असफलताको प्रवाह नगरी जीवन बचाउनु नै मुख्य प्राथमिकता भएको उल्लेख गरेका छन्। “परिणाम के हुन्छ भन्ने निश्चित नहुँदा र बाटो कठिन बन्दै जाँदा पनि काम गरिरहनु नै वास्तविक परीक्षा हो,” उनले भनेका छन्, “कुनै कार्यको सफलताको सम्भावना कम छ भन्दैमा त्यसलाई असम्भव मान्नु हुँदैन।”

नेपालमा सञ्चालित यो जटिल अभियानले आफूलाई नयाँ पाठ सिकाएको उल्लेख गर्दै डिक्सले थपे, “जब धेरै जीवनहरू हामीमाथि निर्भर हुन्छन्, तब आशा केवल भावनामा सीमित हुनु हुँदैन, त्यो अनुशासन बन्नुपर्छ। करुणा केवल अनुभूति मात्र होइन, कार्यमा बदलिनुपर्छ। पूर्वीय ‘धर्म’ र पश्चिमी ‘कर्तव्य’ को मर्म एउटै हो-प्रयास नै नगरी आफ्नो दायित्वबाट पछि हट्नु हुँदैन।”

वि.सं. २०४५ सालमा पूर्वी नेपालमा गएको ६.९ म्याग्निच्युडको भूकम्पका बेला उद्धार कार्यको प्रत्यक्ष अनुभव बटुलेका प्रत्यक्षदर्शीले पनि डिक्सको यो भावुक सन्देशले पुरानो स्मृति ताजा गराएको र आशाको किरण जगाएको प्रतिक्रिया दिएका छन्। हाल भोटेकोशी क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र विशेषज्ञ टोलीहरू सुरुङभित्र फसेकाहरूको सुरक्षित उद्धारका लागि अनवरत खटिएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ९ : ३७ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा