भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू)  « Khabarhub

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।

बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिको अवसरमा धार्मिक विधिअनुसार स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको हो ।

 कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको स्मरण गर्दै सहभागीहरूले विपद्मा ज्यान गुमाएकाहरूको सम्झना र परिवारजनको पीडाप्रति राज्य तथा समाजले निरन्तर साथ दिनुपर्नेमा जोड दिए ।

१३औँ पुण्यतिथिका अवसरमा गरिएको दीप प्रज्वलनले दिवंगतहरूको सम्झनालाई जीवन्त राख्दै उनीहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरिएको आयोजकले जनाएको छ ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ११ : ५९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा