भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव प्राप्त भएको र ४ हजार ९ सय १६ जना अझै पनि सम्पर्कविहीन रहेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले सो देखाएको हो । 

प्राधिकरणकाअनुसार सोमबार बिहान ११ बजेसम्म फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६३ जना, नवलपरासी पूर्वमा २२२ जना, नवलपरासी पश्चिममा २ सय २१ जना, नुवाकोटमा १९७ जना र रसुवामा १ सय ६९ जना रहेका छन् । 

यस्तै गोरखामा ७५ जना, धादिङमा ७० जना र तनहुँमा ३८ जनाको शव फेला परेको छ भने कतिपय शवहरूमा विभिन्न मानव अङ्गहरू मात्र समेत समाविष्ट छन् । 

यसरी फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको सफलतापूर्वक सनाखत भई बुझाइसकिएको प्राधिकरणले जनाएको छ ।

बाढीपहिरोका कारण हालसम्म करिब ४ हजार ९ सय १६ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा जिल्ला प्रशासन कार्यालय रसुवाको विवरण अनुसार १ हजार ९ सय ६७ जना र नुवाकोटको विवरण अनुसार २ हजार ३ सय ४० जना नेपाली नागरिक रहेका छन् । 

यसका अतिरिक्त करिब १ सय जना सुरक्षाकर्मी तथा कर्मचारी र ५ सय ९ जना विदेशी नागरिकहरू समेत अझै बेपत्ता छन् । 

प्राधिकरणका अनुसार सम्पर्कविहीनको यस सूचीमा पहिचान नभएका शवहरू र यसअघि नै उद्धार गरिएका व्यक्तिहरू समेत परेको हुनसक्ने भएकाले विवरणहरू रुजु गर्ने काम तीव्र रूपमा भइरहेको छ ।

विपद् प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको सुरक्षित उद्धार गरिसकिएको जनाइएको छ। उद्धार गरिएकाहरूलाई आश्रय दिनका लागि स्थापना गरिएका ३१ वटा होल्डिङ सेन्टरहरूमा हाल कुल ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन्, जसमा नुवाकोटमा २ हजार ६ सय ५१ जना, रसुवामा ६ सय ६९ जना र धादिङमा २ सय १३ जना रहेका छन् । 

त्यस्तै, बाढीपहिरोमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये नेपाली सेनाद्वारा ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरी बलद्वारा २ हजार ९ सय ७० जनाको उपचार भएको छ। 

यसैगरी विभिन्न अस्पतालहरूमा उपचार गराएका ३ सय २३ जनामध्ये हालसम्म २ सय २८ जना निको भएर डिस्चार्ज भइसकेको प्राधिकरणले उल्लेख गरेको छ ।

प्रभावित क्षेत्रमा इन्धनको उपलब्धता सहज बनाउन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिनुका साथै ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको पनि प्राधिकरणले जनाएको छ ।

साथै, बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका आधारभूत पूर्वाधारहरू सञ्चालन गर्ने कार्य धमाधम भइरहेको भन्दै प्राधिकरणले विद्युत आपूर्ति धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा सुचारु भइसकेको जनाएको छ । 

सञ्चार सेवातर्फ नेपाल टेलिकमका कुल १ सय २० वटा टावरहरूमध्ये १ सय १७ वटा र एनसेलका ७८ वटा टावरहरूमध्ये ७६ वटा टावरहरू सञ्चालनमा आइसकेका छन् । 

यसका साथै विस्थापित र पीडितहरूको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयमार्फत १ सय ५० जना मनोसामाजिक परामर्शदाताहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको पनि प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १२ : ०७ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ