माइतीघरमा ‍बिलौना : १३ दिन बित्यो, त्रिशूलीमा फसेका आफन्तको अझै उद्धार भएन « Khabarhub

माइतीघरमा ‍बिलौना : १३ दिन बित्यो, त्रिशूलीमा फसेका आफन्तको अझै उद्धार भएन


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता भएका व्यक्तिका परिवारले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । 

उनीहरूले मित्रराष्ट्रसँग सहयोग लिएर भए पनि उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएका सुमेश अमात्यको दाइ रमेश अमात्यले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेपछि सरकारको आँखा खुलाउन र छिटो उद्धारका लागि दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको बताए । 

बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र सोही भवन पुरिँदा करिब ४२ जना थुनिएको हुनसक्ने उनले बताए । 

पहिले लगिएको सानो एक्जाभेटरले काम गर्न नसकेको र ठूलो एक्जाभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकप्टर नहुँदा उद्धार रोकिएको उनको भनाइ छ । 

उनले ठूला हेलिकप्टर र उपकरणका लागि भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको भन्दै तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न माग गरे।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १२ : २३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली