माइतीघरमा ‍बिलौना : १३ दिन बित्यो, त्रिशूलीमा फसेका आफन्तको अझै उद्धार भएन « Khabarhub

माइतीघरमा ‍बिलौना : १३ दिन बित्यो, त्रिशूलीमा फसेका आफन्तको अझै उद्धार भएन


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता भएका व्यक्तिका परिवारले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । 

उनीहरूले मित्रराष्ट्रसँग सहयोग लिएर भए पनि उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएका सुमेश अमात्यको दाइ रमेश अमात्यले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेपछि सरकारको आँखा खुलाउन र छिटो उद्धारका लागि दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको बताए । 

बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र सोही भवन पुरिँदा करिब ४२ जना थुनिएको हुनसक्ने उनले बताए । 

पहिले लगिएको सानो एक्जाभेटरले काम गर्न नसकेको र ठूलो एक्जाभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकप्टर नहुँदा उद्धार रोकिएको उनको भनाइ छ । 

उनले ठूला हेलिकप्टर र उपकरणका लागि भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको भन्दै तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न माग गरे।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १२ : २३ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग