नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु « Khabarhub

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ । भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन् ।

दिल्ली विश्वविद्यालय परिसरनजिकैको विद्यार्थी आवास क्षेत्रको भवन आइतबार भत्किएको हो । प्रहरी, अग्नि नियन्त्रक तथा विपद् प्रतिकार्य टोलीले अर्थमुभर र स्निफर कुकुरको सहयोगमा उद्धार कार्य गरिरहेका छन् । 

मुख्यमन्त्री रेखा गुप्ताका अनुसार १२ जनालाई भग्नावशेषबाट उद्धार गरिएको र छ जना घाइते भएका छन् । करिब ८० प्रतिशत भग्नावशेष हटाइसकिएको छ ।

करिब ५५ वर्ष पुरानो भवनमा मर्मतसम्भार भइरहेको थियो । प्रारम्भिक अनुसन्धानमा बेसमेन्टमा पानी जम्नु तथा मर्मतका क्रममा संरचना कमजोर भएकाले भवन भत्किएको हुनसक्ने मुख्यमन्त्री गुप्ताले बताए।

घटनापछि सरकारले विद्यार्थी आवास, विद्यालय तथा नर्सिङ होमजस्ता सार्वजनिक प्रयोगका भवनमा नियमित संरचनात्मक परीक्षण र सुरक्षा प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ । मनसुनका बेला भारी वर्षाका कारण पुराना भवन भत्किने जोखिम बढ्ने गरेको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  २ : ०३ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह