मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते « Khabarhub

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्।

राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति स्थानीय समयअनुसार करिब साढे ९ बजे एउटा चर्चमा पटाका विस्फोट भएको हो। विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किएको थियो। त्यस क्रममा केही मानिस भग्नावशेषमा पुरिएका थिए।

विस्फोटमा घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि आसपासका अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन्।

घटनापछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि नागरिक सुरक्षा टोली, सशस्त्र सेना र राज्य प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा बाँकी रहेको विस्फोटक सामग्रीको समेत जाँच गरिएको थियो।

थप जोखिम हुन नदिन घटनास्थलमा रहेका विस्फोटक सामग्रीलाई विशेषज्ञको सहयोगमा सुरक्षित रूपमा निष्क्रिय पार्न आवश्यक सुझाव दिइएको अधिकारीहरूले बताएका छन्।

विस्फोटको वास्तविक कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  २ : २४ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह