मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते « Khabarhub

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्।

राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति स्थानीय समयअनुसार करिब साढे ९ बजे एउटा चर्चमा पटाका विस्फोट भएको हो। विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किएको थियो। त्यस क्रममा केही मानिस भग्नावशेषमा पुरिएका थिए।

विस्फोटमा घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि आसपासका अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन्।

घटनापछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि नागरिक सुरक्षा टोली, सशस्त्र सेना र राज्य प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा बाँकी रहेको विस्फोटक सामग्रीको समेत जाँच गरिएको थियो।

थप जोखिम हुन नदिन घटनास्थलमा रहेका विस्फोटक सामग्रीलाई विशेषज्ञको सहयोगमा सुरक्षित रूपमा निष्क्रिय पार्न आवश्यक सुझाव दिइएको अधिकारीहरूले बताएका छन्।

विस्फोटको वास्तविक कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : २४ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा