परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ । 

वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएकी थिइन्। 

उनले विपद्को यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैगरी, परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकामा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए ।   

टेलिफोन वार्ताका क्रममा उनीहरूले जलवायु परिवर्तनको जोखिममा रहेको दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका बारे छलफल गरेका थिए । 

उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : ४१ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग