सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो « Khabarhub

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्दारको कार्य नरोकिने जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको बताए ।

सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रू नभएसम्म सुरुङमा खोजीको काम नरोकिने उनले स्पष्ट पारेका छन्।

बाढीले प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाहरूमा करिब १ सय २१ जनामात्रै स्वदेशी तथा विदेशी नागरिक फसेको अनुमान सेनाले गरेको छ ।

रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म खोजी गरेको पनि सहायक रथी थापाले बताए ।

त्यस्तै नुवाकोटको किस्पाङ गाउँपालिकामा अवस्थित त्रिशूली–३ ए मा को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्विपमेन्ट सामग्रीसहित निरन्तरता खोजमा लागिरहेको पनि उनले बताएका छन्।

त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र अडिट २ टनेलबाट एक्साभेटर लगायत उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको पनि उनले जाननकारी दिए ।

त्यस्तै चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको उनले बताए । माथिल्लो त्रिशुली १ मा विदेशीसहितको टोलीले थप खोजी गरेको पनि थापाले बताएका छन्।

सहायक रथी थापाले जलविद्युत् आयोजनाको टनेलमा भएको क्षतिलाई आँकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा पसेको अनुमान गरिएको बताएका छन्।

फरक तथ्यांक

तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले भने फरक तथ्यांक दिएको छ। माथिल्लो त्रिशूली १ का ५७६ जना सम्पर्कविहीन रहेका उसले जनाएको छ। तीमध्ये तीन सयभन्दा बढी सुरुङभित्र फसेको अनुमान उसको छ।

भदौ १० को बाढीपछि बाँधलगायत क्षेत्रबाट २५४ जनाको उद्धार भइसकेको छ। २१६ मेगावाटको यो आयोजना निर्माणको अन्तिम चरणमा थियो ।

त्यस्तै, माथिल्लो त्रिशूली ३ ‘ए’का ४२ जनामध्ये ३५ जना सुरुङभित्र रहेको बताइएको छ। उद्धार टोलीले आइतबार सुरुङको मुख्य भागसम्म पुगेर प्वाल पार्न सफल भए पनि भित्रबाट प्रतिक्रिया नआएपछि ब्लास्टिङ गरी प्रवेशमार्ग फराकिलो पार्ने काम भइरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा ४२ जना फसेको बताइएको छ। त्यहाँ पनि नेपाली सेना र भारतीय सेनाले उद्धार प्रयास गरेको थियो। यस आयोजनाबाट सुरुङबाहिरका १९ जनाको उद्धार भइसकेको छ।

माथिल्लो त्रिशूली ३ ‘बी’का २१३ जना कर्मचारी, श्रमिक तथा इन्जिनियर सम्पर्कविहीन छन्। बाढीले सुरुङबाहेक पावरहाउससहित अधिकांश पूर्वाधार बगाएको छ।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको भूमिगत सुरुङ तथा विद्युत्गृहमा आठजना फसेका थिए। रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन छन्।

रसुवा भोटेकोशीका चार, मैलुङ खोलाका सात, त्रिशूली जलविद्युत्का दुई, देवीघाटका एक र मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन्। त्यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना पनि सम्पर्कमा छैनन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : ४६ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग