रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत « Khabarhub

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । 

सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो क्रममा कांग्रेस महामन्त्री पौडेलले सभापति गगन थापाको नेतृत्वमा विज्ञहरूसँग परामर्श गर्ने, स्थलगत अध्ययन गर्ने र सरकारलाई दीर्घकालीन योजनाबारे सुझाव दिने तयारी समेत भइरहेको जानकारी दिए । 

प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए । उनले सुरुङभित्र परेका व्यक्तिहरूको यथार्थ स्थिति तुरुन्त सार्वजनिक गर्न अर्थमन्त्रीमार्फत सरकारसँग माग गरे । 

बाढीपीडितका लागि तत्काल राहत, मध्यकालीन पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माण योजना बनाएर कार्यान्वयन गर्नुपर्ने महामन्त्री पौडेलले बताए ।

उनले विपद् व्यवस्थापनमा सरकार एक्लैको क्षमता पर्याप्त नहुने हुँदा तीनवटै तहका सरकार, राजनीतिक दलहरू, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोग लिने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ३ : ४० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं