बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस् « Khabarhub

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता भएका व्यक्तिका परिवारले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा आएकी एक महिलाले भनिन्, ‘सरकारले बाढी आएको पहिलो दिनमा विदेशी सहयोग नै लिएन, लिएको भए हाम्रा मान्छे भेटिन्थ्ये । सरकारले उद्धार भइरहेको छ त भन्छ, तर नतिजा छैन । मेरो दाइ लगायत धेरै जना बेपत्ता हुनुहुन्छ ।’

उनले भौगोलिक हिसाबले त्रिशूली थ्री डि गाह्रो भएपनि अरु ठाउँ पनि सजिलो नभएको बताइन् । ‘सरकारले हँसिया र कोदालो बोकेर मान्छे पठाउँछ, खेत खन्न पठाएको हो र ?’ उनले प्रश्न गरिन् ।

प्रदर्शनमै आएकी अर्की महिलाले चाहिँ गृहमन्त्री आफैँ कुदेर नहुने भन्दै बरु आफूहरु नै सिलिन्डर बोक्न तयार रहेको उल्लेख गरिन् । ‘गृहमन्त्रीज्यू तपाईं काम गर्नुहोस् ।’ ती महिलाले भनिन् ।

विदेशीले सहयोग गर्छौँ भन्दा सरकार ‘सुपरहिरो’ भएर बसेको उनको आरोप छ । ‘त्यति ठूलो पोस्टमा बसेर सिटन्टबाजी मात्रै गरेर देश चलाउन सकिँदैन,’ उनले भनिन्, ‘केही गर्न सक्नु हुन्न भने हात उठाउनु, हामी जान्छौँ, आफैँ गर्छौँ ।’

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ४ : ३० बजे

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया