काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु « Khabarhub

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु पसलमा खसीको मासु भन्दै बाख्रीको मासु बेचिरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पसलमा छापा मारेको थियो ।

चेकजाँचका क्रममा पसलमा बाख्री काटेर मासु बिक्री वितरण गरिरहेको पाइएको थियो । थप एउटा जिउँदो बाख्री काट्न तयारी अवस्थामा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूले बाख्रीको अंगमा खसीको भाग टेपले टाँसेर मासु बेचिरहेको भेटिरहेको थियो ।

प्रहरीले पसल सञ्चालक भारतको बिहार, सीतामढी घर भई हाल रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भएका सिफल बस्ने १८ वर्षीय अरुण कार्की र हेटौंडा घर भई हाल रातोपुल बस्ने २१ वर्षीय सुजन रसाईलीलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरूमाथि कालोबजारी गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिएर चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ६ : ०८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म