दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म « Khabarhub

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय मानिन्छ । यही कारण यसपटक पनि दसैँको अवसर पारेर ठूला स्टार र लोकप्रिय फिल्मका सिक्वेल दर्शकमाझ आउँदैछन् ।

भावनात्मक कथादेखि एक्सन र कमेडीसम्मका चलचित्रबीच हुने यो भिडन्तले दसैँको फिल्म बजारलाई थप रोचक बनाउने देखिएको छ ।

दसैँको सुरुवातमै पल शाह अभिनित ‘आमा २’ प्रदर्शनमा आउँदैछ । घटस्थापनाबाट रिलिज हुने यो फिल्म गत वर्षको चर्चित ‘आमा’को सिक्वेल हो ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा आमा–छोराको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ । पलसँगै मल्लिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

तर ‘आमा २’सँगै दर्शकले एक्सनको स्वाद पनि लिन पाउनेछन् । बिराज भट्टको निर्माण तथा निर्देशनमा बनेको ‘१२ गाउँ २’ पनि घटस्थापनाकै दिनदेखि प्रदर्शनमा आउनेछ । 

अघिल्लो ‘१२ गाउँ’को निरन्तरताका रूपमा आएको फिल्ममा समीर भट्ट मुख्य भूमिकामा छन् । फिल्मले समीरको एक्सनलाई विशेष प्राथमिकता दिएको छ। कृशु शाही र वर्षा इटनीले यही फिल्मबाट डेब्यु गर्दैछन् ।

घटस्थापनाको भोलिपल्ट ‘छ माया छप्पक्कै २’ प्रदर्शनमा आउनेछ। दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्ममा दीपकराजसँगै केकी अधिकारी, सनिशा भट्टराई र निर्मल शर्मालगायत कलाकार छन्।

यता, दसैँको अर्को ठूलो आकर्षण ‘कबड्डी ५ आफ्टर द फाइनल म्याच’ हो। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ । दयाहाङ राईसँगै विजय बराल, बुद्धि तामाङ, मिरुना मगर र विपिन कार्की मुख्य भूमिकामा छन् ।

यसरी यसपटकको दसैँमा आँसु, एक्सन, प्रेम र कमेडीबीचको भिडन्त पर्दामा देखिनेछ । यी चारमध्ये दर्शकको मन र बक्स अफिस दुवैमा कसले बाजी मार्छ, त्यसका लागि भने दसैँ कुर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ३ : ४५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण