आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६ अक्टोबर ७ तारिख। असोज कृष्ण पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ । परिवारले राम्रो रेखदेख गर्नेछन् ।

वृष : शिक्षामा सफलता मिल्नेछ । बोल्दा नराम्रो शब्द बाहिर जान सक्छन् । साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ । राजनीतिक संगठनबाट भने भयको जोखिम छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

मिथुन : दिन राम्रो छ । महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ । मनमा भएका खटपटी शान्त हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । नयाँ योजना वा कामको थालनी भने गर्नु उचित हुनेछ ।

कर्कट :दिन राम्रो छ । आज आयआर्जन हुनेछ । पठनपाठनमा मन जानेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : घुमफिरको योजना बन्न सक्छ । मिष्ठान्न भोजन हुनेछ । शिक्षामा सफलता र स्वास्थ्यमा सुधार हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । श्रमको मूल्य प्राप्त हुनेछ ।

कन्या : दिन सामान्य छ । शत्रु बढ्नेछन् । शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ । जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ । व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ ।

तुला : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ । लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।

वृश्चिक : साथीभाइको साथ मिल्नेछ । इज्जत बढ्नेछ । रोगले भने सताउने जोखिम छ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

धनु : दिन राम्रो छ । तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ । साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । फलफूलको व्यापारमा फाइदा हुने योग छ ।

मकर : दिन राम्रो  छैन । खर्च  बढ्ने दिन छ । गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम रहेको छ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : रोगबाट मुक्त हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ ।

मीन : आज कुरा  काट्नेहरु बढ्नेछन् । साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : १९ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर