आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६ अक्टोबर ७ तारिख। असोज कृष्ण पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ । परिवारले राम्रो रेखदेख गर्नेछन् ।

वृष : शिक्षामा सफलता मिल्नेछ । बोल्दा नराम्रो शब्द बाहिर जान सक्छन् । साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ । राजनीतिक संगठनबाट भने भयको जोखिम छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

मिथुन : दिन राम्रो छ । महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ । मनमा भएका खटपटी शान्त हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । नयाँ योजना वा कामको थालनी भने गर्नु उचित हुनेछ ।

कर्कट :दिन राम्रो छ । आज आयआर्जन हुनेछ । पठनपाठनमा मन जानेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंह : घुमफिरको योजना बन्न सक्छ । मिष्ठान्न भोजन हुनेछ । शिक्षामा सफलता र स्वास्थ्यमा सुधार हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । श्रमको मूल्य प्राप्त हुनेछ ।

कन्या : दिन सामान्य छ । शत्रु बढ्नेछन् । शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ । जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ । व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ ।

तुला : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ । लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।

वृश्चिक : साथीभाइको साथ मिल्नेछ । इज्जत बढ्नेछ । रोगले भने सताउने जोखिम छ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

धनु : दिन राम्रो छ । तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ । साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । फलफूलको व्यापारमा फाइदा हुने योग छ ।

मकर : दिन राम्रो  छैन । खर्च  बढ्ने दिन छ । गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम रहेको छ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : रोगबाट मुक्त हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ ।

मीन : आज कुरा  काट्नेहरु बढ्नेछन् । साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : १९ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका