बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी « Khabarhub

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको सडक विभागले जनाएको छ ।

सडक विभाग महानिर्देशकको सचिवालयका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोले उक्त सडक खण्डका ५० भन्दा बढी स्थानहरूमा यातायात अवरुद्ध भएको थियो । 

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र रघुगङ्गा गाउँपालिका-२ कुनौटा बाहेक अन्य सबै स्थानहरूमा पहिरो हटाई ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ भने सडक स्तरोन्नतिको कार्य जारी छ ।

अवरुद्ध दुई स्थानहरूमध्ये पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक निर्माणका लागि ग्याबियन टो-वाल बनाई माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्साभेटर प्रयोग गरी ट्रयाक खोल्ने प्रयास भइरहेको छ । 

भइरहेका मर्मत कार्यहरू सम्पन्न गरी आगामी सोमबारसम्ममा सवारी साधन पुनः सञ्चालनमा ल्याउन सकिने अपेक्षा गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ३० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका