६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ « Khabarhub

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार ५८४ हेक्टर क्षेत्रफल सिञ्चित गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लाका विभिन्न ठाउँमा भूमिगत सिँचाइमार्फत सो क्षेत्र सिञ्चित गरेको हो ।

आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार आयोजनाले २०७७ सालबाट काम सुरु गरेको हो । आयोजनाले काम सुरु गरेपछि जिल्लामा १४२ वटा डिपबोरिङ र ३५७ वटा पावरड्रिल ट्युबेल जडान गरी सो क्षेत्रमा सिँचाइ गरिएको हो ।

आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र मकवानपुर जिल्ला पनि हेर्दै आएको छ । जसमा आयोजनाले हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरेको उनले जानकारी दिए । उनका अनुसार तीन जिल्लामा गरी २०२ वटा डिपबोरिङ र ६७० वटा पावरड्रिल ट्युबेल जडान गरिएको छ ।

पहाडी क्षेत्र र सिँचाइको अभाव भएका ठाउँमा यस परियोजनाले सिँचाइको व्यवस्था गर्दै आएको उनले बताए । सिँचाइको व्यवस्था भएसँगै सो क्षेत्रमा बेमौसमी तरकारी, समयमा अन्नबाली लगाउने गरेका छन् ।

पछिल्ला वर्ष आयोजनामा बजेट कम हुँदा मागअनुसार काम गर्न नसकिएको उनको भनाइ छ । यस वर्ष आयोजनाले विगतमा निर्माण गरेका ट्युबेलहरूको बाँकी काम गर्दैछ ।

कतिपय ठाउँमा ट्युबेल निर्माण गरेर पाइपलाई जडानको काम बाँकी छ । पहिलेपहिले पानीको अभावमा खेती गर्न नपाएका किसानले अहिले नगदेबाली लगाएर आयआर्जन वढाउन थालेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ४१ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति