६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ « Khabarhub

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार ५८४ हेक्टर क्षेत्रफल सिञ्चित गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लाका विभिन्न ठाउँमा भूमिगत सिँचाइमार्फत सो क्षेत्र सिञ्चित गरेको हो ।

आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार आयोजनाले २०७७ सालबाट काम सुरु गरेको हो । आयोजनाले काम सुरु गरेपछि जिल्लामा १४२ वटा डिपबोरिङ र ३५७ वटा पावरड्रिल ट्युबेल जडान गरी सो क्षेत्रमा सिँचाइ गरिएको हो ।

आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र मकवानपुर जिल्ला पनि हेर्दै आएको छ । जसमा आयोजनाले हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरेको उनले जानकारी दिए । उनका अनुसार तीन जिल्लामा गरी २०२ वटा डिपबोरिङ र ६७० वटा पावरड्रिल ट्युबेल जडान गरिएको छ ।

पहाडी क्षेत्र र सिँचाइको अभाव भएका ठाउँमा यस परियोजनाले सिँचाइको व्यवस्था गर्दै आएको उनले बताए । सिँचाइको व्यवस्था भएसँगै सो क्षेत्रमा बेमौसमी तरकारी, समयमा अन्नबाली लगाउने गरेका छन् ।

पछिल्ला वर्ष आयोजनामा बजेट कम हुँदा मागअनुसार काम गर्न नसकिएको उनको भनाइ छ । यस वर्ष आयोजनाले विगतमा निर्माण गरेका ट्युबेलहरूको बाँकी काम गर्दैछ ।

कतिपय ठाउँमा ट्युबेल निर्माण गरेर पाइपलाई जडानको काम बाँकी छ । पहिलेपहिले पानीको अभावमा खेती गर्न नपाएका किसानले अहिले नगदेबाली लगाएर आयआर्जन वढाउन थालेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ४१ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन