इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड « Khabarhub

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिइएको छ ।

निर्वाचन आयोगद्वारा आयोजित ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तक्र्रिया कार्यक्रम’मा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधि, जनशक्ति र संस्थागत क्षमताको विकास गर्नुपर्ने बताए ।

उनले प्रणालीको विश्वसनीयता र सुरक्षित सञ्चालनका लागि साइबर सुरक्षा तथा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे ।

निर्वाचन आयुक्त डा राजीव सुब्बाले भविष्यमा नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा अघि बढ्दा आयोगमा मात्र नभई सरकारका विभिन्न निकायमा उपलब्ध सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप, जनशक्ति र प्राविधिक क्षमताको ‘स्किल म्यापिङ’ गर्न आवश्यक रहेको बताए ।

उनले इन्टरनेट मतदान बहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित विषय भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार र सञ्चालनलगायत क्षेत्रमा उपलब्ध विशेषज्ञता र सीपको पहिचान गर्नुपर्नेमा जोड दिए । 

‘स्किल म्यापिङ’ले आवश्यक प्राविधिक जनशक्ति, विशेषज्ञता र संस्थागत क्षमताको पहिचान तथा उपयोगका लागि आधार प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा तथा बेलायतबाट सहभागी विज्ञले इन्टरनेट मतदान प्रणालीको प्राविधिक संरचना, सुरक्षा र सञ्चालनसम्बन्धी विषयमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ५० बजे

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : देउवा

पोखरा – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो

दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपीएल सम्पन्न

काठमाडौं – चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको

एनपीएल सिजन–३ मा कसले कुन अवार्ड जिते ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली