अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर « Khabarhub

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले आधिकारिकता दिएपछि चारतारे झण्डा र रुख चिन्ह नछोड्ने दाबी गरेका छन् । उनले आफू कोही व्यक्तिका पछि नलागेको पनि बताएका छन् ।
 
राठौरसँगको संक्षिप्त कुराकानी : 

अब पार्टी एकता भएर जान्छ, के लाग्छ तपाईँलाई ?

म सभापति भएँ भने पार्टी एक गर्छु, पार्टीमा न्याय गर्छु, पार्टीलाई मर्यादित बनाउँछु, अनुशासित बनाउँछु, पार्टीको माथिल्लो तहमा, केन्द्रीय समितिमा, पार्टीको जिल्ला सभापति, क्षेत्रीय सभापति भएर पार्टी हराउनेलाई पार्टीबाट निकाल्छु ।

 तपाईँको क्षेत्रमा अन्तिम समयसम्म अधिवेशन हुन सकेन ? 

मेरो क्षेत्रमा खास कुनै विवाद थिएन, त्यसका बाबजुद पनि निर्वाचन ढिलो भयो । धेरै अरूलाई दोष, आरोप लगाउनभन्दा पनि अब तपाईँहरू आफै बुझ्नुहोस् जहाँ विवाद नै थिएन त्यहाँ किन निर्वाचन रोकियो भन्ने कुरा निर्वाचन आयोगलाई सोध्नुस् । 

त्यसको असर महाधिवेशनमा पर्‍यो । उद्घाटन सत्रमा आउन सकिनँ । यो पार्टी सबैको पार्टी हो । १५औँ महाधिवेशनमा धेरै युवाहरू हुनुहुन्छ, त्यो एउटा राम्रो कुरा हो । युवा आएर मात्र हुँदैन, त्यो युवालाई कांग्रेस पार्टीको इतिहास बुझाउन जरुरी छ । 

निष्पक्ष भए पनि नभए पनि मैले उम्मेदवारी दिएको छु । मैले तीनवटा कारणले उम्मेदवारी दर्ता गराएको हुँ । गत भदौ २३ र २४ को घटना, पार्टीभित्रको विशेष महाधिवेशन र गत निर्वाचनमा कांग्रेस हारेका कारण मलाई धेरै ठूलो शंका लागेको थियो । 

त्यसैले म यसअघि धेरै नेताहरूसँग, कार्यकर्ताहरूसँग सम्पर्कमा थिइन, जिल्लामै पार्टीका साथीहरूसँग बसें ।त्यसले यो अधिवेशनमा मलाई असर पर्छ नै । अहिले मैले जित्न सकिनँ भने म १६औँ महाधिवेशनमा जितेर देखाउँछु ।  

यो महाधिवेशनमा छुटेका शेरबहादुर देउवा र कोइराला पक्षलाई के भन्नुहुन्छ ? 

यो पार्टीले हामीलाई भित्तामा पुर्‍याएको अवस्था छ । कम्युनिष्टहरू मिल्दै छन्, कांग्रेसको दुइटै अधिवेशन हुँदै छ । म सभापति भएँ भने कांग्रेसलाई एक ढिक्का बनाएर लान्छु । 

विशेष महाधिवेशनको पक्षधर मात्र होइन, म जुन नेताहरूलाई मैले ३५ वर्ष साथ दिएँ, ती नेताहरूले आज मलाई उम्मेदवार बनाएर गगनजीकाविरुद्ध लडाउन सक्नुपर्थ्यो नि त ।

गल्ती सबैको छ, एकथरीको मात्र होइन । आज म एक्लै मैदानमा उभिएको छु । यो परिस्थिति निर्माण गर्ने कुरा ठीक होइन । अब महाधिवेशनमा म सभापति भएपछि सबैलाई मिलाएर अगाडि बढाउँछु । 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ४२ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको