‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म « Khabarhub

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन पट्टा’ले बक्स अफिसमा नयाँ उचाइ छोएको छ । 

दयाहाङ राई अभिनीत यो फिल्मले स्वस्तिमा खड्काको ‘लालीबजार’लाई पछि पार्दै यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्डको नाममा पारेको हो । 

प्रदर्शनको २६औँ दिनमा फिल्मले स्वस्तिमा खड्काको ‘लालीबजार’ को लाइफटाइम कलेक्सनलाई उछिन्दै नयाँ रेकर्ड बनाएको हो ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार मंगलबारसम्म ‘पेन्सन पट्टा’ले ९ करोड ३४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

गत वैशाख २५ गते प्रदर्शनमा आएको ‘लालीबजार’ले आफ्नो प्रदर्शन अवधिभर ९ करोड ३२ लाख रुपैयाँ कमाएको थियो । यससँगै ‘पेन्सन पट्टा’ले २ लाख रुपैयाँले ‘लालीबजार’लाई पछि पारेको हो ।

गत भदौ २६ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म अहिले चौथो सातामा चलिरहेको छ । सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको फिल्मले प्रदर्शनको तीन साता पूरा गरिसक्दा पनि कमाइमा गति कायम राखेको देखिन्छ ।

यो वर्षको बक्स अफिसमा भने ‘गौँथली’ अझै शीर्ष स्थानमा छ। फिल्मले कुल २६ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड आफ्नो नाममा राखेको छ ।  

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ सामान्य मनोरञ्जनमा मात्र सीमित छैन । फिल्मले लाहुरे जीवनशैलीसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धभित्रका जटिलता र भावनात्मक पीडालाई कथाको केन्द्रमा राखेको छ। यही सामाजिक र भावनात्मक पक्षले फिल्मलाई दर्शकमाझ जोड्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ मुख्य भूमिकामा छन् । विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारको पनि अभिनय रहेको छ। स्वर्गीय अभिनेता सुनील थापाको अभिनयलाई समेत दर्शकले फिल्ममा देख्न पाएका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : २८ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका