‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म « Khabarhub

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन पट्टा’ले बक्स अफिसमा नयाँ उचाइ छोएको छ । 

दयाहाङ राई अभिनीत यो फिल्मले स्वस्तिमा खड्काको ‘लालीबजार’लाई पछि पार्दै यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्डको नाममा पारेको हो । 

प्रदर्शनको २६औँ दिनमा फिल्मले स्वस्तिमा खड्काको ‘लालीबजार’ को लाइफटाइम कलेक्सनलाई उछिन्दै नयाँ रेकर्ड बनाएको हो ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार मंगलबारसम्म ‘पेन्सन पट्टा’ले ९ करोड ३४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

गत वैशाख २५ गते प्रदर्शनमा आएको ‘लालीबजार’ले आफ्नो प्रदर्शन अवधिभर ९ करोड ३२ लाख रुपैयाँ कमाएको थियो । यससँगै ‘पेन्सन पट्टा’ले २ लाख रुपैयाँले ‘लालीबजार’लाई पछि पारेको हो ।

गत भदौ २६ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म अहिले चौथो सातामा चलिरहेको छ । सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको फिल्मले प्रदर्शनको तीन साता पूरा गरिसक्दा पनि कमाइमा गति कायम राखेको देखिन्छ ।

यो वर्षको बक्स अफिसमा भने ‘गौँथली’ अझै शीर्ष स्थानमा छ। फिल्मले कुल २६ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड आफ्नो नाममा राखेको छ ।  

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ सामान्य मनोरञ्जनमा मात्र सीमित छैन । फिल्मले लाहुरे जीवनशैलीसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धभित्रका जटिलता र भावनात्मक पीडालाई कथाको केन्द्रमा राखेको छ। यही सामाजिक र भावनात्मक पक्षले फिल्मलाई दर्शकमाझ जोड्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ मुख्य भूमिकामा छन् । विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारको पनि अभिनय रहेको छ। स्वर्गीय अभिनेता सुनील थापाको अभिनयलाई समेत दर्शकले फिल्ममा देख्न पाएका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : २८ बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको