रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु « Khabarhub

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान आजदेखि यहाँ सुरु गरिएको छ । 

यही असोज २७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिका रुपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जन खटिएका छन् ।

त्यस अभियानको बनेपामा उद्‌घाटन गर्दै सांसद महर्जनले अभियानमा सरिक भई आफ्ना समस्या र गुनासा राख्न स्थानीय नागरिकसँग आग्रह गरे। 

उनले भने, ‘अभियानमा उपस्थित भई तपाईंहरूले गुनासा, समस्या तथा विकास निर्माणका विषयमा सुझाव राख्न सक्नुहुन्छ, नभ्याए लिखितरुपमा पनि दिनुस् ।’
 
अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या तथा जनगुनासो संकलन र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्‍याउने कार्यक्रम रहेको जनाइएको छ । 

पार्टीको केन्द्रीय समितिद्वारा परिचालित प्रतिनिधिले आलोपालो जिल्ला तथा स्थानीय नेता कार्यकर्तासँगको समन्वयमा विभिन्न नगर तथा गाउँपालिकामा नागरिक, कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट गर्नेछन् । त्यसका लागि स्थान र समय तालिकासमेत सार्वजनिक गरिएको छ । 

अभियानबाट स्थानीय तहका समस्या बुझ्ने, जनताका अपेक्षा सुन्ने र पार्टीका आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने उद्देश्य रहेको रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले बताए।

 उनका अनुसार अभियानलाई केवल राजनीतिक भेटघाटमा मात्रै सीमित नराखी जनताको घरदैलोमा पुगी वास्तविक समस्याबारे जानकारी लिई त्यसको सम्बोधनका लागि केन्द्रलाई सुझाव दिइने छ  ।

 उनले भने, ‘यस अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छौँ ।’
 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : ५३ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई