नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल « Khabarhub

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न २० अनुसन्धान परियोजनाका अवधारणापत्रमाथि छलफल गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेको दुईदिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणापत्र प्रस्तुत गरी सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिएको हो ।

कार्यशालामा प्रतिष्ठानका अनुसन्धानकर्ताका साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिष्ठानका अनुसन्धाताले प्रस्तुत गरेका अवधारणापत्रमाथि सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधि, प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख र विषयगत विज्ञ अनुसन्धाताले सुझाव दिएका थिए । प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणापत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यशालाको मुख्य उद्देश्य अनुसन्धानलाई नेपाल सरकारका आवश्यकता, सम्बन्धित क्षेत्रका विद्यमान नीति, अभ्यास तथा प्राथमिकतासँग थप सान्दर्भिक बनाउनुका साथै अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिनिर्माण प्रक्रियामा उपयोगी बनाउन सरोकारवालाको पृष्ठपोषण लिनु रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : १७ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६