युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु « Khabarhub

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

रुसी मिसाइल र ड्रोनहरूले रातभरिदेखि बुधबारसम्म किभ र अन्य एक दर्जन युक्रेनी क्षेत्रहरूमा भारी बमबारी गरेका थिए । रुसको यो पछिल्लो प्रहारमा परी तीनजना बालबालिकासहित कम्तीमा १२ जना नागरिकको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई अत्यन्त ठूलो प्रहार भनेका छन् । हालैका हप्ताहरूमा रसियाली आक्रमणहरूले ऊर्जा पूर्वाधारका साथै रेल र सडक यातायातलाई निशाना बनाएपछि युक्रेनमाथि आक्रमणहरू बढेका छन् ।

जेलेन्स्कीले रुसी आक्रमणको पूर्वअनुमान गर्दै अघिल्लो दिननै गुप्तचर निकायहरूले रसियाले अत्यन्त ठूलो प्रहार गर्न लागेको भन्दै चेतावनी दिएका थिए । पूर्वजानकारीका वावजुत क्षति भने रोक्न सकेन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ७४औँ जन्मदिनको अवसर पारेर यो आक्रमण गरेकको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ४१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण