ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु « Khabarhub

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्वाटेमाला सिटी- ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बचेका छन् ।

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए । जाकापा लागूऔषध तस्करीका लागि परिचित क्षेत्र हो ।

गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ । उनीहरूले सांसदलाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ । आक्रमणमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको पहिचान खुल्न सकेको छैन ।

जाकापा क्षेत्रमा लागूऔषध कारोबारमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको छ । उक्त गिरोहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ ।

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद निर्वाचित भएका थिए  । पछि उनी पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गरेका थिए  ।

टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ११ : ०० बजे

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल

महिलामन्त्री बादी र मुख्यमन्त्री शाहीबीच भेट, के-के भए कुराकानी ?

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने, जथाभावी नफाल्न आग्रह

काठमाडौं– यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला सिटी- ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र

प्राधिकरणले भन्यो- तिहार र छठमा विद्युत् आपूर्ति बन्द हुन दिँदैनौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ