कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन « Khabarhub

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन् । 

कर्णाली प्रदेशमा आयोजना हुने महाउत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन् ।

​अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापकीय प्रगतिको बारेमा सरोकारवालाहरूसँग विस्तृत जानकारी लिएकी छन् ।

 प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीहरूका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा-सुविधाका विषयमा मन्त्री बादीले विशेष चासो व्यक्त गरिन् ।

​राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल क्षेत्रको समग्र विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिइन् । 

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यस राष्ट्रियस्तरको प्रतियोगिताले यस क्षेत्रको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान स्थापित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। 

मन्त्री बादीले प्रतियोगिताको भव्य सफलताका लागि शुभकामना व्यक्त गर्दै कर्णालीवासीले यसलाई गौरवको विषयका रूपमा लिनुपर्ने बताएकी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  १२ : ०२ बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ–  कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल