काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गरेका छन् ।
टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई उनले नोभेम्बर ९ मा सम्बोधन गर्नेछन् । त्यस्तै, नोभेम्बर ११ र १२ मा हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।
सम्मेलनका क्रममा नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्र, हिमनदी र जलवायु उत्थानशीलतासम्बन्धी उच्चस्तरीय कार्यक्रममा समेत खनाल सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ ।














प्रतिक्रिया