तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन « Khabarhub

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ ।

थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्‌घाटन गरे। मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिए ।

उनका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । 

हाल तीन दिनका लागि आयोजना गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, सांस्कृतिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्री तथा अन्य स्वदेशी उत्पादनको प्रदर्शनी र बिक्रीका लागि राखिएको छ ।

मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ३ : ३५ बजे

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)

बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ