एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री « Khabarhub

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । माघ ११ गतेका लागि हुने राष्ट्रिय सभाको चुनावमा एमालेले अन्य दलसँगको गठबन्धनमा सात सिट पाएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले तालमेल गर्दैछन् ।

मधेश प्रदेशबाट एक जनाको नाम टुंगो लगाउन बाँकी राखेको एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दंगाल, उम्मेदवार बनाउँदा गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको हो । एमाले सचिवालयमा छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि आज मनोनयनका लागि कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ५५ बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस