तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार « Khabarhub

तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन केपी ओली नेतृत्वको सरकारकै विरोध गर्ने व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा खाली रहेको सिटमा एमालेले गण्डकी प्रदेशको तर्फबाट ओली नेतृत्वको सरकारलाई ‘नरसंहार’ गरेको भन्दै टिप्पणी गर्ने सम्झना देवकोटालाई उम्मेदवारमा सिफारिस गरेको हो ।

भदौ २३ गते तत्कालीन ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमाथि नरसंहार गरेको भन्दै देवकोटाले पार्टीले नयाँ रूप नलिएसम्म सो नरसंहारको  भागिदार नलिने घोषणा सामाजिक सञ्जाल फेसबुकबाट गरेकी थिइन् ।

‘हिजोको घटना सरकारले पूरा जिम्मेवारी लिनुपर्छ । मैले आजबाट पार्टीले नयाँ रूप नलिएसम्म, म यो नरसंहारको भागिदार नलिने निर्णय लिएको छु । म पहिला म नेपाली …..’, देवकोटाले जेनजी आन्दोलन लगत्तै फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

आगामी माघको ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले मोर्चा बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । जसमा एमालेले ८ र कांग्रेसले नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । 

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अनुसार पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : १३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई