चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो « Khabarhub

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

‘खेलमैदान अभावमा युवायुवतीलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष २८ लाख रुपैयाँमा जग्गा खरिद गरेको थियो’, उनले भने, ‘चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको बजेटको काम सकिएको छ । प्रदेश सरकारले विनियोजन गरेको रु पाँच लाख बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ ।’

क्लबले खरिद गरेको जग्गाको नजिकै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेको ढुङ्गालाई पनि पन्छाएर खेलमैदान बनाउने योजना छ । ठूला ढुङ्गा फुटाउनका लागि मध्य कालीगण्डकी जलविद्युत् आयोजनासँग सहयोग मागिएको वडाध्यक्ष खड्काले बताए ।

पैतालीस मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल, बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजको संरचनासहितको खेलमैदान निर्माण गर्न एक करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

आगामी वर्षमा पनि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमा पहल गरेर थप बजेट व्यवस्थापन गरी खेलमैदान निर्माणलाई पूर्णता दिने वडाध्यक्ष खड्काले बताए । 

खेलमैदान निर्माण गर्न विभिन्न सङ्घसंस्था र चन्दा सङकलन गरेर २८ लाख ४२ हजार रुपैयाँमा गत वर्ष घार युवा क्लबले जग्गा खरिद गरेको थियो ।

घारखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उपलब्ध गराएको १३ लाख ५० हजार रुपैयाँ, चन्दामार्फत पाँच लाख ५५ हजार रुपैयाँ परिचालन गरिएको खेलमैदान खरिदका लागि हाल जापानमा रहेका घारका ददीवल खड्काले व्यक्तिगत रूपमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।

घार कोटमन्दिरबाट एक लाख ६५ हजार रुपैयाँ, शिवकुमार बरुवालले ५० हजार रुपैयाँ, कमल बरुवालले ५५ हजार रुपैयाँ, अन्नपूर्ण वन संरक्षण उपसमितिले एक लाख १० हजार रुपैयाँ सहयोग गरेका र ७० हजार रुपैयाँ ऋण रहेको घार युवा क्लबका अध्यक्ष सागर खड्काले बताए । 

घारका बल्लिका बरुवालबाट २१ लाख रुपैयाँमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा सात लाख रुपैयाँमा खरिद गरिएको खड्काले बताए ।  रासस

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ४५ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक