पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह « Khabarhub

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।
      
युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए। 

‘पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, सहमति र सहकार्यको संस्कृति एवं लोकतान्त्रिक विधि र पद्धतिमार्फत निरुपण गरी पार्टी संरचनाका सम्पूर्ण नेतृत्व एकढिक्का हुनु जरुरी छ’, युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
     
 ट्रेड युनियन कांग्रेसले पार्टीका लाखौँ कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण जनताको भावनाविपरीत पार्टीका उच्च नेतृत्वदेखि कार्यकर्ता पङ्क्तिसम्म आन्तरिक हुनु चिन्ताको विषय भएको जनाएको छ ।

 सम्भावहिनता र आपसी आरोपप्रत्यारोपले पार्टीप्रति आस्था राख्ने बुद्धिजीवी, पेसाकर्मी, श्रमजीवी र सम्पूर्ण मतदातालाई दुःखित र चिन्तित बनाएको महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
     
 जेन-जी आन्दोलनपछि राजनीतिक अन्यौलता, आर्थिक एवं सामाजिक विचलनको अवस्थाबाट गुज्रिएको मुलुकलाई दिशानिर्देश गर्दै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।
      
मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेसले आगामी दिनमा समेत मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता भएकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत पार्टी नेतृत्वलाई युनियनले आग्रह गरेको छ । 
 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ५७ बजे

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौं– नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल– जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका किसान शङ्खलाल थोकर विदेशबाट फर्केपछि

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

गण्डकी–  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको

कञ्चनजङ्घा आधार शिविर सुनसान

फुङ्लिङ– ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले