ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त « Khabarhub

ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ । अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तारी देश निकाला गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानूनका साथै संयुक्त राष्ट्रको बडापत्रको  उल्लङ्घन गरेको बताएका छन् ।

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले विश्वभरिका सबै राज्यहरूलाई आफू असुरक्षित  भएको महसुस गराएको बताउँदै उनले, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी एकपक्षीय सैन्य हस्तक्षेपद्वारा जवाफदेहिता हासिल गर्न नसकिने बताए । 

भेनेजुएलाको भविष्य भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकार, आफ्नो जीवन र स्रोतमाथि सार्वभौमसत्ता लगायत मानव अधिकारको पूर्ण सम्मानका साथ निर्धारण गरिनु पर्ने  शामदासानीले बताए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित देशका प्रमुख स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा सैन्य आक्रमण गर्ने घोषणा गरेको जनाइएको छ ।

अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीको गिरफ्तारी गरी अमेरिकी अदालतमा मुद्दा चलाउन अमेरिकामा स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ३४ बजे

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

काठमाडौं- लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल मान्दै आएको नेपाली कांग्रेस यतिबेला

प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको