ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त « Khabarhub

ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ । अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तारी देश निकाला गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानूनका साथै संयुक्त राष्ट्रको बडापत्रको  उल्लङ्घन गरेको बताएका छन् ।

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले विश्वभरिका सबै राज्यहरूलाई आफू असुरक्षित  भएको महसुस गराएको बताउँदै उनले, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी एकपक्षीय सैन्य हस्तक्षेपद्वारा जवाफदेहिता हासिल गर्न नसकिने बताए । 

भेनेजुएलाको भविष्य भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकार, आफ्नो जीवन र स्रोतमाथि सार्वभौमसत्ता लगायत मानव अधिकारको पूर्ण सम्मानका साथ निर्धारण गरिनु पर्ने  शामदासानीले बताए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित देशका प्रमुख स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा सैन्य आक्रमण गर्ने घोषणा गरेको जनाइएको छ ।

अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीको गिरफ्तारी गरी अमेरिकी अदालतमा मुद्दा चलाउन अमेरिकामा स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ३४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई