राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेस–एमाले गठबन्धनले दर्ता गराए उम्मेदवारी « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेस–एमाले गठबन्धनले दर्ता गराए उम्मेदवारी


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले र नेपालकी कांग्रेसको गठबन्धनबाट कोशी प्रदेशमा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट खुल्लामा सुनीलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको छ । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील उठेका छन् । थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई छन् ।

एमालेबाट महिलातर्फ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन् ।

मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की छन् ।

बुधबार राष्ट्रिय सभाको निर्वाचनका लागि देशैभर उम्मेदवारी दर्ता हुँदैछ । मधेश प्रदेशमा जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ४६ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा