काठमाडौं- माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले र नेपालकी कांग्रेसको गठबन्धनबाट कोशी प्रदेशमा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको तर्फबाट खुल्लामा सुनीलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको छ । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील उठेका छन् । थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई छन् ।
एमालेबाट महिलातर्फ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन् ।
मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की छन् ।
बुधबार राष्ट्रिय सभाको निर्वाचनका लागि देशैभर उम्मेदवारी दर्ता हुँदैछ । मधेश प्रदेशमा जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।













प्रतिक्रिया