सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू) « Khabarhub

सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू)


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन वातावरण विभागले उपत्यकाका सडकमा आकस्मिक चेकजाँच तीव्र बनाएको छ । 

यस क्रममा आज बानेश्वरदेखि माइतीघर खण्डमा गुडिरहेका डिजेल तथा पेट्रोल सवारीसाधनको स्थलगत परीक्षण गरिएको हो । 

डिजेल तथा पेट्रोलका जम्मा ३६ वटा सवारीसाधनको परीक्षण गरिएकोमा १२ वटा सवारीसाधन मापदण्डअनुसार नपुगेका कारण फेल भएका छन् । यो  करिब ३३–३४ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डमा फेल भएका हुन् । 

फेल भएका सवारीसाधनलाई आवश्यक मर्मत गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ। साथै नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई उपत्यका ट्राफिक प्रहरीले तोकिएको जरिवाना पनि काटेको छ।

वातावरण विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका वायु प्रदूषण नियन्त्रणका प्रयासअन्तर्गत सवारीसाधनबाट निस्कने प्रदूषक तत्त्वको न्यूनीकरण तथा नियन्त्रण गर्न नेपाल सरकारको वातावरण विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा एक घण्टाको अवधिमा स्थलगत चेकजाँच गरिएको हो ।  

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ०७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई