कर्मचारी सञ्चय कोषले गर्‍यो जाजरकोटमा अन्तरक्रिया कार्यक्रम  « Khabarhub

कर्मचारी सञ्चय कोषले गर्‍यो जाजरकोटमा अन्तरक्रिया कार्यक्रम 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । 

मनघाटस्थित नगरपालिकाको सभाहलमा शुक्रवार सञ्चालन भएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराइएको थियो ।

कोषको शाखा कार्यालय सुर्खेतका कार्यालय प्रमुख मुकुन्द अर्यालले अध्यक्षता गरेको कार्यक्रम उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चालन गरेका थिए । 

कार्यक्रममा कोषका वरिष्ठ प्रबन्धक रामप्रसाद लामिछानेले कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी प्रस्तुत गरेका थिए । 

यस्तै¸ कोषको सेवा सुविधाहरूका बारेमा सहायक प्रबन्धक दुर्गा प्रसाद नेपाल र केवाइसी तथा वेब इन्ट्री प्रकृयाका सम्बन्धमा सहायक प्रबन्धक पवन दाहालले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा वडा नं १२ का अध्यक्ष प्रेम बहादुर खत्रीले सञ्चय कोषले जाजरकोटकै दुर्गम मध्येको छेडागाड नगरपालिकामा यस्तो वृहत् कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिएका थिए । 

यस्तै शिक्षा समन्वय प्रमुख पदमबहादुर बिकले नेपाल सरकारले डिजिटल एवं पेपरलेस गभर्नेन्सको अवधारणा अघि सारेको र कोषले यस अवधारणा अनुसार आफूलाई अव्वल साबित गर्दै गइरहेको सन्दर्भमा समस्त शिक्षक तथा कर्मचारीहरूले समेत सो प्रक्रियामा सहयोग गर्नुपर्ने बताए ।

उपप्रबन्धक राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको सुविधाको लागि कोष कटिबद्ध रहेको र कोषको डिजिटाइजेसनको प्रक्रियामा समस्त शिक्षक तथा विद्यालयहरूको सदैव सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा छेडागाड नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानअध्यापक सहित शिक्षक तथा अन्य कर्मचारीहरू गरी १३८ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : २४ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले