कर्मचारी सञ्चय कोषले गर्‍यो जाजरकोटमा अन्तरक्रिया कार्यक्रम  « Khabarhub

कर्मचारी सञ्चय कोषले गर्‍यो जाजरकोटमा अन्तरक्रिया कार्यक्रम 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । 

मनघाटस्थित नगरपालिकाको सभाहलमा शुक्रवार सञ्चालन भएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराइएको थियो ।

कोषको शाखा कार्यालय सुर्खेतका कार्यालय प्रमुख मुकुन्द अर्यालले अध्यक्षता गरेको कार्यक्रम उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चालन गरेका थिए । 

कार्यक्रममा कोषका वरिष्ठ प्रबन्धक रामप्रसाद लामिछानेले कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी प्रस्तुत गरेका थिए । 

यस्तै¸ कोषको सेवा सुविधाहरूका बारेमा सहायक प्रबन्धक दुर्गा प्रसाद नेपाल र केवाइसी तथा वेब इन्ट्री प्रकृयाका सम्बन्धमा सहायक प्रबन्धक पवन दाहालले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा वडा नं १२ का अध्यक्ष प्रेम बहादुर खत्रीले सञ्चय कोषले जाजरकोटकै दुर्गम मध्येको छेडागाड नगरपालिकामा यस्तो वृहत् कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिएका थिए । 

यस्तै शिक्षा समन्वय प्रमुख पदमबहादुर बिकले नेपाल सरकारले डिजिटल एवं पेपरलेस गभर्नेन्सको अवधारणा अघि सारेको र कोषले यस अवधारणा अनुसार आफूलाई अव्वल साबित गर्दै गइरहेको सन्दर्भमा समस्त शिक्षक तथा कर्मचारीहरूले समेत सो प्रक्रियामा सहयोग गर्नुपर्ने बताए ।

उपप्रबन्धक राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको सुविधाको लागि कोष कटिबद्ध रहेको र कोषको डिजिटाइजेसनको प्रक्रियामा समस्त शिक्षक तथा विद्यालयहरूको सदैव सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा छेडागाड नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानअध्यापक सहित शिक्षक तथा अन्य कर्मचारीहरू गरी १३८ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : २४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम