राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित « Khabarhub

राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

मोरङ- आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मनोनयनका क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुल्लामा उम्देवारी दिएका थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका हुन् ।

कोशीमा उनीसहित तीनजनाले उम्मेदवारी दिएका थिए । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको थियो । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध भएका हुन् ।

यहाँ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले थापालाई चुनौती दिँदै खुलातर्फ उम्मेदवारी दिएन । त्यहीकारण उनी निर्विरोध भएको जानकारी निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले बताएका छन् ।

थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई थिए । एमालेबाट महिलातर्फ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन् ।

मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की छन् ।

बुधबार राष्ट्रिय सभाको निर्वाचनका लागि देशैभर उम्मेदवारी दर्ता हुँदैछ । मधेश प्रदेशमा जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ५१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा