कांग्रेस विशेष महाधिवेशनका लागि १८ वटा उपसिमिति, नेताहरू भन्छन् : विधानको व्यवस्थालाई ‍औचित्यहीन भन्न पाइँदैन « Khabarhub

कांग्रेस विशेष महाधिवेशनका लागि १८ वटा उपसिमिति, नेताहरू भन्छन् : विधानको व्यवस्थालाई ‍औचित्यहीन भन्न पाइँदैन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्थाअनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्न लागिएको जनाएका हुन् ।

पार्टी विधानले विधानसम्मत् प्रक्रिया पूरा गरी माग भएको विषेश महाधिवेशन नहुने परिकल्पना नगरेको पनि उनीहरूले बताएका छन् ।

पार्टीको विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवशेनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार कसैलाई नरहेको उनीहरूले जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले विशेष महाधिवेशन सम्पन्न गर्न बिभिन्न तयारी व्यवस्थापनसम्बन्धी १८ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

उनले विशेष महाधिवेशनको अघि केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास व्यक्त गरेका छन् ।

उनीहरूले सम्पूर्ण महाधिवेशन प्रतिनिधिको सक्रिय उपस्थिति र सहभागिताका लागि आग्रहसमेत गरेका छन् ।

पार्टीको एकतालाई थप सुदृढ पार्न विशेष महाधिवेशन कोसेढंगा सावित हुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : १६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि