अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिँदै समीक्षा र आमेश « Khabarhub

अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिँदै समीक्षा र आमेश


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक तथा नायक आमेश भण्डारीले अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिने भएका छन् ।

‘गलबन्दी नाइट’ कार्यक्रम अन्तर्गत परामाटा रोडस्थित ग्रान्ड प्यालेस फङ्सनमा उनीहरुले प्रस्तुती दिने भएका हुन् । जनवरी २३ का लागि उक्त कार्यक्रम तय भएको छ ।

समीक्षा र आमेशसहित सुवास खत्रीले पनि उक्त कार्यक्रममा प्रस्तुती दिनेछन् । सुवासको पछिल्लो गीत ‘शिरमा शिरबन्दी’ चर्चामा छ । जुन गीतमा समीक्षाले पनि स्वर दिएकी छन् ।

कार्यक्रमका लागि समीक्षा र सुवास नेपालबाट जान लागेको हुन् । आमेश भने उतै बस्दै आएका छन् । उनी फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को नायक हुन् ।

यो कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सी, नेभा बिजनेस सर्भिसेस र पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा हुनु लागेको हो ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : २८ बजे

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं– गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा

रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर

काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै