विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने « Khabarhub

विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका छन् ।

विशेष महाधिवेशन मागकर्ता नेताहरूले बुधबार पत्रकार सम्मेलन गरी पार्टीको विधानअनुसार यही पुस २७ र २८ गते यहाँ विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको बताए।

वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति निर्माणसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको ठहर छ ।

पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४.५८ प्रतिशतअर्थात् २,४८८ जनाले गत असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गराएका थिए ।

विधानको धारा १७९१० अनुसार गत मङ्सिरभित्र १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने स्पष्ट उल्लेख गरेको भए पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन नसकेको उनीहरूको भनाइ छ । 

पार्टी विधानको धारा १७(२) मा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । 

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, प्रतिमा गौतम र प्रकाश स्नेही तथा देवराज चालिसे, जगदीशनरसिंह केसी, सुवास पोखरेल, मनोजमणि आचार्य, माधवप्रसाद चाम्लागाईलगायत नेताले विधानको त्यस्तो मागलाई असान्दर्भिक ठहर गर्ने अधिकार कसैलाई नभएको बताए।

साथै उनीहरूले विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरे। 
 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : १६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई