कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता « Khabarhub

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार भेटवार्ता भएको छ ।

राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् । सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ । 

राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ४२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई