काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार भेटवार्ता भएको छ ।
राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् । सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ ।
राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ ।













प्रतिक्रिया