अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव « Khabarhub

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन् । 

उनले संविधान संशोधन तथा पुनर्लेखन, सङ्घीयतालाई मजबुत बनाउन तथा आम नागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउनुपर्नेमा जोड दिए ।

पार्टीको लुम्बिनी प्रदेश समितिले आज रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधइमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले संविधानमा सबैको अपनत्व हुनेगरी परिमार्जन आवश्यक रहेको बताए । ‘जनसङ्ख्याका आधारमा भागेदारी चाहिन्छ, हरेक जातजाति, धर्म तथा सम्प्रदायले अपनत्व गर्ने संविधान आवश्यक छ’, उनले भने ।

उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेकामा जोड दिए ।

जेन-जी आन्दोलनपछि भएको सम्झौता कार्यान्वयन नगर्ने षडयन्त्र भइरहेको भन्दै सम्झौता लागू गर्न उनले आग्रह गरे। ‘अहिलेको संसदीय व्यवस्था प्रणाली असफल भइसकेको छ, त्यसले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छ’, उनले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्नेगरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ५० बजे

एमालेको निष्कर्ष : ​अन्तर्राष्ट्रिय शक्तिले ‘कलर रिभोलुसन’मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजे

​काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र