अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव « Khabarhub

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन् । 

उनले संविधान संशोधन तथा पुनर्लेखन, सङ्घीयतालाई मजबुत बनाउन तथा आम नागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउनुपर्नेमा जोड दिए ।

पार्टीको लुम्बिनी प्रदेश समितिले आज रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधइमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले संविधानमा सबैको अपनत्व हुनेगरी परिमार्जन आवश्यक रहेको बताए । ‘जनसङ्ख्याका आधारमा भागेदारी चाहिन्छ, हरेक जातजाति, धर्म तथा सम्प्रदायले अपनत्व गर्ने संविधान आवश्यक छ’, उनले भने ।

उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेकामा जोड दिए ।

जेन-जी आन्दोलनपछि भएको सम्झौता कार्यान्वयन नगर्ने षडयन्त्र भइरहेको भन्दै सम्झौता लागू गर्न उनले आग्रह गरे। ‘अहिलेको संसदीय व्यवस्था प्रणाली असफल भइसकेको छ, त्यसले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छ’, उनले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्नेगरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : ५० बजे

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही