आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक « Khabarhub

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार १९ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उम्मेदवारीमाथि यही पुस २४ गते उजुरी दिन सकिने यही २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । 

सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

उम्मेदवारी मनोनयनको सूची आयोगको वेबसाइट : https://election.gov.np/admin/public//storage/National%20Assembly/NA%202082/2082-09-23%20Press%20Release.pdf मा हेर्न सकिने आयोगले जनाएको छ । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : ४८ बजे

डा. नुतनलाई प्रश्न- सुत्केरी र शिशुको फोटो सार्वजनिक गर्न पाइन्छ ?

काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी