काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार साँझ भेटवार्ता भएको छ। भेट भक्तपुरस्थित ओली निवास गुण्डुमा सम्पन्न भएको हो।
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा अध्यक्ष ओलीलाई निम्तो दिनका लागि लिङ्देन ओली निवास पुगेका थिए। तर सो भेट दुई पार्टीका शीर्ष नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे गहिरो छलफल भएको बताइएको छ ।

भेटका क्रममा वर्तमान राजनीतिक अवस्थाको विषयमा लामो संवाद भएको स्रोतले जनाएको छ। यद्यपी भेटवार्तामा भएका छलफलका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।














प्रतिक्रिया